छोरा पाइन्छ भन्दै झारफुक गर्नेले गर्भवतीको टाउकोमा कीला ठोकेपछि…


बीबीसी । गर्भवती महिलाको टाउकोमा कीला ठोकेको आरोप लागेका एकजना झारफुक गर्ने व्यक्तिको खोजी पाकिस्तानमा भइरहेको छ । दुई इन्चको कीला निकाल्ने प्रयासमा पेशावरस्थित अस्पतालमा ती महिलालाई पुर्‍याइएको छ ।

सुरुमा, ती महिलाले चिकित्सकहरूलाई उक्त कार्य आफैँले गरेको बताएकी थिइन् । तर पछि भने उनले आफूले देखाएको झारफुक गर्ने व्यक्तिले छोरा जन्माउने पक्का हुने दाबी गर्दै टाउकामा कीला ठोकेको स्वीकारेकी छन् ।

घाउको एक्स-रे गरिएका तस्बिरहरू अनलाइनमा देखापरेपछि प्रहरीले अनुसन्धान थालेको छ। लेडी रिडिङ अस्पतालमा कार्यरत डाक्टर हेइदर खानले ती महिला उपचारको खोजीमा अस्पताल आइपुग्दा पूर्ण रुपमा चेतमै रहे पनि असाध्यै पीडामा रहेको बताइन् ।

स्थानीय डन पत्रिकासँग अस्पतालका कर्मचारीले बताए अनुसार ती महिलाले झारफुक गर्ने मान्छेबारे छिमेकीबाट सुनेपछि उनलाई भेटेकी थिइन् । ती महिलाका तीनवटा छोरी छन् र चौथो पनि छोरी नै भए श्रीमान्‌ले छोडिदिने धम्की दिएको अस्पतालका कर्मचारीले बताए ।

उनी तीन महिनाकी गर्भवती छिन् र श्रीमान्‌को डरका कारण उनी झारफुक गर्ने मानिस कहाँ गएकी हुन्- अस्पतालका कर्मचारीले डन पत्रिकालाई भनिन् । दक्षिण एसियाली केही गरिब देशहरूमा छोरीले भन्दा छोराले दीर्घकालीन आर्थिक सुरक्षा दिने ठानिन्छ । यस्तो मान्यताले तथाकथित ूझारफुक गर्नेू शोषित अभ्यासहरूलाई बढावा दिएको छ ।

पाकिस्तानका केही भागहरूमा झारफुक गर्नेहरू तुलनात्मक रूपमा धेरै भेटिन्छन् र खासगरी उत्तर(पश्चिम क्षेत्रमा यो सामान्य विषय हो । झारफुक गर्ने अभ्यास सुफी विद्या भूमिगत छन् र त्यसलाई इस्लामवादी रहस्यका रूपमा व्याख्या गरिन्छ ।

यस्ता गतिविधिहरू इस्लामवादी कैयौँ विचारधारामा प्रतिबन्धित छ । मङ्गलवार ट्वीट जारी गर्दै पेशावरका प्रहरी प्रमुख अब्बास अहसानले ूएकजना निर्दोष महिलाको जीवनमाथि खेलबाड गर्ने र छोरा जन्माउने झुटो बाचा गरेर टाउकोमा कीला ठोक्ने त्यस्तो झारफुक गर्नेलाई न्यायको कठघरामा ल्याउनू एउटा विशेष अनुसन्धान टोली बनाइएको बताएका छन् ।

प्रहरीले अस्पतालका कर्मचारीहरूसँग अन्तर्वार्ता गर्न थुप्रै दिनहरू बिताइसकेको छ । अस्पतालमा उपचार गरिरहेकी ती महिलाको टाउकोबाट कीला निकालिएको छ र उनले झारफुक गर्ने मानिसको पहिचानमा मद्दत गर्ने आशा व्यक्त गरिएको छ । हामी छिट्टै झारफुक गर्ने ती मानिसलाई नियन्त्रणमा लिन्छौँ- अहसानले भने ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ