प्रसिद्ध संगीतकर्मी बप्पी लहरीको निधन


भारतका प्रसिद्ध संगीत निर्देशक बप्पी लहरीको निधन भएको छ । ६९ वर्षका लहरीको मुम्बईस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लहरीले १९७०–८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए । ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन् ।

उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी चलचित्र बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए ।लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।

उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो । उनले चलचित्रका लागि बप्पी लहरी नाम चयन गरे । उनका मातापिता अपरेश लहरी र बंसारी लहरी बांग्ला गायक तथा शास्त्रीय संगीतकार थिए ।

बप्पीले तीन वर्ष हुँदा नै तबला बजाउन सुरु गरेका थिए । उनको निधनले भारतका संगितकर्मीहरु दु:ख व्यक्त गरेका छन् । उनको निधनपछि भारतका धेरै नेता श्रद्धांजली अर्पण गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ