अहमदाबाद सिरियल ब्लास्ट केसमा ३८ जनालाई फाँसीको सजाय


एजेन्सी । सन् २००८ मा अहमदाबादमा भएको ‘सिरियल ब्लास्ट केस’ (शृङ्खलावद्ध विस्फोटन मुद्दा)मा विशेष अदालतले ऐतिहासिक फैसला दिएको छ ।

यस मुद्दामा सुनुवाई गर्दै विशेष अदालतले ४९ जना दोषीमध्ये ३८ जनालाई फासीको सजाय सुनाएको छ । ११ जनालाई आजीवन जेल सजाय दिइएको छ ।

अहमदाबाद सिरियल ब्लास्टमा ५६ जनाको ज्यान गएको थियो । करिब २०० जना घाइते भएका थिए । ६ जुलाई २००८ मा गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्र एक एक गर्दै २१ बम बिस्फोट भएको थियो ।

शृङ्खलावद्ध बम विस्फोटनले अहमदाबाद हल्लिएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ