साउदीमा सैयौं नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण


दोहा । आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद् एनआरएनए (एनसीसी)द्वारा आयोजित शिविरमा नेपाली श्रमिक लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

गैर कानुनी रूपमा रहेका श्रमिकहरूलाई लक्षित गरी सञ्चालन भएको उक्त शिविरमा नेपाली श्रमिकको आँखा जाँच,कोल्स्ट्रोल, किड्नी ब्लड प्रेसर, सुगर तथा युरिक एसिडको निःशुल्क परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

शिविर साउदी अरेबियाको हाइलमा रहेको अल नूर मेडिकल कम्प्लेक्स हल सिटी सेन्टरमा आयोजना गरिएको थियो ।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एनआरएनएले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ