चन्द्रशेखरले बलिउडका तीन अभिनेत्रीलाई दिन्थे उपहार


बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ ।

उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भएको हो । एनफोर्समेन्ट डायरेक्टरेट (ईडी)को हालैको छानविनमा यो कुरा बाहिर आएको छ ।

ईडीको अनुसन्धानअनुसार सुकेश आफूसँग भएको रकमले यी सारा, जाह्नवी र भूमिलाई उपहार पठाउँथे । हालै मात्र सुकेशले ज्याकलिनसँगको बोल्ड तस्बिर लिक भएपछि आफू ज्याकलिनसँग सम्बन्धमा रहेको र ज्याकुलिन मनी लन्ड्रिङ मामलामा संलग्न नरहेको दाबी गरेका थिए ।

सुकेशका अनुसार दुई सय करोड मनी लन्ड्रिङ मामिलामा ज्याकलिनको कुनै संलग्नता छैन । ‘म सबैसँग अनुरोध गर्दछु कि ज्याकलिनको नाम बदनाम नगर्नुहोस्’, उनले भनेका छन् ।

ज्याकलिनलाई इडीले भारत छोड्न रोक लगाएको छ । त्यहीकारण उनी अहिले विदेश जान पाएकी छैनन् ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार ०६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ