दुई सय सांसदलाई आइफोन उपहार


काठमाडौं । भारतको राजस्थान सरकारले आफ्नो प्रान्तका सबै सांसद (विधायक)लाई आइफोन १३ उपहार दिएको छ ।

बुधबारको विधानसभा बैठकमा पेश भएको बजेटमा सबै विधायकलाई आइफोन १३ उपहार दिइएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार गत वर्ष पनि विधायकहरूलाई आइपेड दिइएको थियो । बजेट पेश भएपछि विधायकलाई बझेट कपी ब्रिफकेशसँगै आइफोन १३ सँगै स्मार्ट ब्रिफकेश दिइएको थियो ।

विधायकहरूलाई दिएको आइफोनको मूल्य एक लाख भारतीय रुपैयाँ बराबर रहेको समाचारमा उल्लेख छ । केही भारतीय जनता पार्टीका विधायकहरूले भने आइफोन नलिने घोषणा गरेको छन् ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ