युक्रेनमा हवाई उडान बन्द, नेपाली विद्यार्थी र नागरिक अलपत्र


काठमाडौं । आफ्नो मुलुकमाथि रुसले सैन्य आक्र मण गरेपछि युक्रेनले देशको हवाई क्षेत्र बन्द गरेको छ ।

उडान बन्द भएसँगै युक्रेनमा नेपाली विद्यार्थीहरु तथा नागरिकहरु अलपत्र परेका छन् । सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।

युक्रेन जाने र आउने सबै उडानहरू कम्तीमा अर्को १४ दिनका लागि रद्द गरिएको बताइएको छ । यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्र मणको घोषणा गरेका थिए ।

रुसी आक्र मणमा कम्तीमा सात युक्रेनीको मृत्यू भइसकेको छ । युक्रेनका विभिन्न ठाउँमा बिस्फो ट गराएको समाचारहरु आइरहेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ