ध्वस्त भयो संसारकै सबैभन्दा ठूलो हवाइजहाज ‘मृया’ !


एजेन्सी । रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाज ध्वस्त भएको छ ।

विश्वकै ठूलो जहाजलाई युक्रेनको राजधानी किभनजिकै रहेको विमानस्थलमा राखिएको अवस्थामा रुसी सेनाले ध्वस्त पारे । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै संसारकै ठूलो जहाज एएन-२२५ ‘मृया’ ध्वस्त भएको बताए ।

पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् । रुसको गोलाबारीपछि एएन–२२५ मृया ध्वस्त भएको हो ।

युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ । गोलाबारीपछि सो जहाज जलेको थियो ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार ०६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ