यूक्रेनमा गो’ली लागेर भारतीय विद्यार्थीको मृत्यू


युक्रेनमा गोला बारीमा किराना किन्न गएका भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

युक्रेन द्वन्द्वका क्रममा भएको गोला बारीमा भारतीय विद्यार्थीको मृत्यु भएको हो । मृतक विद्यार्थी नवीन किराना सामान किन्न बाहिर निस्कँदा उनको दुःखद अन्त्य भयो ।

युक्रेनमा जारी द्वन्द्वकाबीच भारतीय विद्यार्थीको मृत्यु भएको यो पहिलो घटना हो । भारतको विदेश मन्त्रालयले नवीनको मृत्युको पुष्टि गरेको छ ।

नवीनको परिवारले पनि खबरको पुष्टि गरेको छ । भारत सरकारले मृतक विद्यार्थीको शव र त्यहां फसेकाहरुको उद्धार गर्ने प्रयास जारी राखेको जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ