रुसी आक्र’मण: युक्रेनमा १३ बच्चासहित १३६ जनाको मृत्यू


रुसले युक्रेनमा गरेको आक्र मणका कारण अहिलेसम्म १३ बालबालिकासहित कम्तीमा १३६ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

गएको बिहीबार (फेब्रुअरी २४) देखि रुसले युक्रेनमा आक्र मण सुरु गरेको हो । त्यसयता कम्तीमा १३६ जना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको हो ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तकी प्रवक्ता लिज थ्रोसेलका अनुसार आक्रमणमा २६ बालबालिका सहित ४०० सर्वसाधारण घाइते भएका छन् ।

उनले भनेकी छन्, ‘हामीले पुष्टि गर्न सकेको हताहतीमात्रै हो यो, युद्धमा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या योभन्दा धेरै हुनसक्छ ।’

युद्धमा प्रयोग भएका ठूलो क्षेत्रसम्म हानी गर्ने विस्फो टक पदार्थका कारण हताहती बढी भएको उनले बताएकी छन् । यसअघि गएको आइतबार युक्रेनले सार्वजनिक गरेको तथ्यांक संयुक्त राष्ट्रसंघको भन्दा निकै धेरै थियो ।

मन्त्रालयका अनुसार रुसी आक्र मणका कारण ३५२ जना सर्वधारणको मृत्यु भएको छ । यस्तै एकहजार ६८४ जना घाइते भएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ