पुटिनको टाउकोको मूल्य १० लाख डलर !


रुस र युक्रेनबीच एक सातादेखि यु द्ध चलिरहेको छ । यसबीच एक रुसी व्यापारी युक्रेनमा आक्र मण गरेपछि यति क्रोधित भएका छन् कि उनले आफ्नै देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई गिरफ्तार गर्न वा मा र्न १० लाख डलरको प्रस्ताव गरेका छन् ।

उनले रुसी सैनिक अधिकारीहरुलाई यो खुला प्रस्ताव गरेका हुन् । व्यापारी तथा पूर्व बैंकर एलेक्स कोन्याखिनले सामाजिक सञ्जालमा पोष्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनी हाल अमेरिकामा छन् ।

कोन्याखिनले मंगलबार पोस्टमार्फत रूसी र अन्तर्राष्ट्रिय कानून अन्तर्गत यु द्ध अपराधीका रूपमा पुटिनलाई पक्राउ गर्न वा मा र्न अधिकारीहरूलाई पैसा दिने वाचा गरेका हुन् ।

कोन्याखिनले भनेका छन्, ‘रूसी नागरिकको हैसियतमा, म रुसलाई साम्प्रदायिक हुनबाट रोक्नु तपाईंहरुको नैतिक कर्तव्य ठान्छु ।’ पुटिनले युक्रेनलाई नाजीहरुबाट मुक्त गराइदिने भन्दै आक्र मणलाई सही सावित गर्न खोजिरहेका छन् । यसलाई पश्चिमी शक्तिहरूले अस्वीकार गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘म वाचा गर्छु कि जुनसुकै अधिकारीले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नेछन् र पुटिनलाई रुसी र अन्तर्राष्ट्रिय कानून अन्तर्गत यु द्ध अपराधीको रूपमा गिरफ्तार गर्नेछन्, म उसलाई १० लाख डलर दिनेछु ।’

‘पुटिन रुसका राष्ट्रपति होइनन् । उनले विशेष अपरेशनको भन्दै रूसमा धेरै अपार्टमेन्टहरू, भवनहरूमा विस्फोट गराएका छन् । यसपछि उनले निर्वाचन पनि गराएनन्, संविधानको धज्जी उडाए । आफ्ना विरोधीहरूलाई मारे’, उनले लेखेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार १२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ