Big News- एकैदिन युक्रेनले २ रुसी लडाकु विमान खसाल्यो


युक्रेनी फौजले शनिबार मात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।

उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को मृत्यु भएको छ । विमानका अर्का सहचालक ‘क्रास्नोयात्र्सेभ’ विमानबाट प्याराशुटमार्फत उम्केको जनाइएको छ ।

उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । त्यस्तै, अर्को घटनामा युक्रेनी फौजले मुलुकको दक्षिणमा पर्ने मिकोलायेभ शहर नजिक अर्को रुसी लडाकु विमान खसालेको छ ।

युक्रेनको नेक्स्टा टेलिभिजनले जनाएअनुसार यस घटनामा पनि एकजना रुसी विमान चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ