रुसले सार्वजनिक गरे ४८ असहिष्णु देशको सूची, को को परे ? हेर्नुस्


काठमाडौं । रुसले ४८ देशहरुलाई समेटेर असहिष्णु राष्ट्रको सूची सार्वजनिक गरेको छ ।

युक्रेनमाथि आक्र’ मण गरेपछि आफ्नो मुलुकमाथि नाकाबन्दी र प्रतिबन्धहरुको घोषणा गर्ने ४८ देशहरुलाई समेटेर रुसले सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा युरोपेली युनियन र नेटोका सबै देशहरुका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशहरु पनि समेटिएका छन् ।

आइन्दा सूचीमा समावेश देशहरुका कम्पनीले घरजग्गा किनबेच, वित्तीय कारोबार र रुसी मुद्रा रुबलमा हुने कारोबारका लागि रुस सरकारबाट ‘विशेष अख्तियारी’ लिनुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध युरोपेली युनियन इयूसहित विभिन्न मुलुकहरुले आर्थिक प्रतिबन्ध एवम् नाकाबन्दीको घोषणा गरेका छन् ।

रुसी सञ्चारमाध्यमले यिनै नाकाबन्दी र प्रतिबन्धको जवाफमा यस्तो सूची सार्वजनिक गरेको दाबी गरेका छन् ।

सूचीमा समावेश देशहरु :
अमेरिका, क्यानाडा, इयूका २७ मुलुकहरु, बेलायत, युक्रेन, मोन्टेनेग्रो, अष्ट्रेलिया उत्तर मेसेडोनिया, स्विट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अल्बानिया, एण्डोरा, आइसल्याण्ड, लिक्टेन्स्टाइन, मोनाको, नर्वे, सान मारिनो, माइक्रोनेशिया, न्युजिल्याण्ड, सिंगापुर र ताइवान

प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ