पञ्जाबका मुख्यमन्त्री चरनजीत विधानसभा चुनावमा पराजित


पञ्जाबका मुख्यमन्त्री चरनजीत सिंह चन्नी पञ्जाब विधानसभा चुनावमा पराजित भएका छन् । दुई ठाउँबाट चुनाव लडेका मुख्यमन्त्री चन्नी दुबै ठाउँबाट पराजित भएका हुन् ।

सन् २०१७ मा भएको विधानसभा निर्वाचनमा स्पष्ट बहुमतका साथ सरकार चलाएको भारतीय राष्ट्रिय कांग्रेसले यस पटक पञ्जाबमा ठूलो पराजय व्यहोरेको छ।

११७ सिट रहेको विधानसभामा दुई तिहाइभन्दा बढी बहुमतका साथ आम आदमी पार्टी (आप) ले सरकार बनाउने भएको छ । बिहीबार भइरहेको मत गणनाअनुसार आपले ९० भन्दा बढी सिटमा जित हात पार्ने देखिएको छ।

मुख्यमन्त्री चन्नीले सामाजिक सञ्जालमार्फत हार स्वीकार गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ