सर्‍यो NRNA निर्वाचन, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम


काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो ।

शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ । जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते ९मार्च २४–२५ ० हुने बताइएको छ ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ । त्यस्तै समितिले निर्वाचन कार्यतालिका समेत संशोधन गरेको छ ।

संशोधित कार्यतालिका अनुसार मार्च १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी विरुद्ध दावी विरोध गर्ने, मार्च १३ मा उम्मेदवारहरूको मनोनयपत्रको जाँच र उजुर उपर निर्णय गर्ने, सोही दिन उम्मेदवारहरूको दोश्रो नामावली प्रकाशित गर्ने लगायतका रहेका छन् ।

एनआरएनभित्र देखिएको विवादका कारण यसअघि पनि निर्वाचन मिति पटक पटक सरेको थियो । यस्तो छ संशोधित निर्वाचन कार्यक्रम :

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार १३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ