महिला प्रहरी हवल्दार मृत फेला, आफ्नै सहकर्मीले मारेको आशंका


भारतको लखनउको पीजीआईस्थित माटी नल्लामा बिहीबार भेटिएको शव बेपत्ता महिला हवल्दार रुची सिंहको भएको खुलेको छ ।

शनिबार सुशान्त गल्फ सिटी प्रहरी चौकीमा ब्याज हराएको उजुरी प्रहरी मुख्यालयमा तैनाथ शाखा अधिकृत एमपी सिंहले दर्ता गराएका थिए । आइतबार सिंहका भाइ पोस्टमार्टम घर पुगेर बिहीबार नालीमा फेला परेको शवलाई दिदीको रूपमा पहिचान गरेका हुन् ।

प्रतापगढको रानीगञ्जमा तैनाथ तहसीलदारले ज्यान लिन षड्यन्त्र रचेको आरोप छ । हाल प्रहरीले तहसीलदारसहित दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

बिजनौर निवासी रुची सिंह प्रहरी मुख्यालयमा तैनाथ थिइन् । उनी फेब्रअरी १३ तारिखमा ड्युटी थियो । रुची काममा नआएपछि साथीले उनलाई खोजिरहेकी थिइन् । उनको साथीले सामाजिक सञ्जालमा पोस्ट गरेर सहयोग मागेकी थिइन् । त्यही क्रममा रुचीको मोबाइल पनि लगातार बन्द थियो ।

हवल्दारबारे कुनै जानकारी नआएपछि शनिबार हराएको उजुरी परेको थियो । सोही क्रममा बिहीबार माटीस्थित नालीमा एक महिलाको शव फेला पर्यो । जसको रूप हराइरहेकी रुचीसँग मिल्दोजुल्दो थियो ।

शव पहिचान गर्नका लागि मृतकका भाइ शुभम र बुबा योग