तिर्थ यात्रामा निस्केको बस दुर्घटना : २६ जनाको मृत्यु, ४ जनाको अबस्था गम्भीर


एजेन्सी । भारतको उत्तराखण्डमा गएराति (आइतबार साँझ) भएको बस दुर्घटनामा २६ यात्रुको मृत्यु भएको छ ।

उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने सबै चार धाम तिर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले जानकारी दिए ।

दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो । गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो ।

घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनीहरुको अबस्था पनि गम्भीर रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ