Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

टुडे खोज लेखक टुडे खोज
चैत्र १, २०७९, ६:३७ PM
0
रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

उनी २१औँ शताब्दीका सबैभन्दा सफल फुटबलर हुन् र केही खेलकुदका अर्बपतिहरूमध्ये एकमा पनि पर्छन् । उनी हुन् पोर्चुगलका ३८ वर्षीय क्रिस्टियानो रोनाल्डो, जसले जीवनमा असीम दुःखहरू पनि भोगेका छन् ।

अहिले साउदी अरबको अल–नासर क्लबबाट खेल्ने रोनाल्डोले वार्षिक १ सय ७५ मिलियन पाउन्ड कमाउँछन् । अर्थात् उनले वर्षको २७ अर्ब ७० लाख नेपाली रुपैयाँ फुटबल खेलेरै मात्र कमाउँछन् ।

उनको कमाइको कुनै सीमा छैन । उनले अनगिन्ती होटल, रेस्टुरेन्ट तथा फिट्नेस सेन्टरदेखि विमान भाडा लगाउने कम्पनी, लुगा–अत्तर र कपाल क्लिनिक व्यवसायमा लगानी गरेका छन्, जसले उनलाई फुटबल खेलेर कमाउनेभन्दा बढी प्रतिफल दिन्छ ।

वर्तमान अवस्थामा जति सफल भए पनि उनी आफ्नो पृष्ठभूमि भने भुल्दैनन् । रोनाल्डो ज्यादै गरिब परिवारमा जन्मिएका थिए । पोर्चुगलको मादेरिया टापुको फुन्चालमा जन्मिएका उनले बाल्यकालमै खान–लाउन धौधौ भएपछि सडक सफा गर्ने काम गर्थे, कैयौँपटक उनले खानाका लागि भिख पनि मागे ।

पिता जोसे डिनिस अभिरो र आमा डोलोरेस दोस सान्तोसको कोखबाट सन् १९८५ मा जन्मिएका उनी वास्तवमा अभिभावकलाई नचाहिएको बच्चा थिए । कैयौँपटक गर्भपतन गर्दा पनि उनी जन्मिएका थिए ।

पिता अभिरो ज्यादै जँड्याहा थिए, पूर्व पोर्चुगिज सेना उनको युद्धमा होमिएका कारण मानसिक अवस्था ठीक थिएन । घरमा कमाउने कोही नहुँदा रोनाल्डोको परिवारले ज्यादै ठूलो आर्थिक संकट भोग्नुपरेको थियो ।

अमेरिकी पत्रकार पियर्स मोर्गानसँगको अन्तर्वार्तामा रोनाल्डोले आफूले भोक लागेपछि खानाका लागि भिख मागेको पनि बताएका छन् । उनी भन्छन्, ‘मेरो बुबा फुटबल स्टेडियमछेउमा मालीको काम गर्नुहुन्थ्यो । एक दिन हामी दुवै ज्यादै भोकाएका थियौँ, पैसा थिएन । भोकले सीमा नाघेपछि हामी मकडोनाल्डको ढोका ढकढक्याउन पुगेका थियौँ ।’

ज्यादै मदिरा पिउने बानीका कारण रोनाल्डोको पिताको सन् २००५ मै कलेजो बिग्रिएर मृत्यु भयो । यस कारण उनका पिताले रोनाल्डोले सफलता चुमेको कहिल्यै देख्नै पाएनन् ।

पियर्स मोर्गानसँग रोनाल्डोले भनेका छन्, ‘मैले पितालाई शतप्रतिशत चिन्ने मौका पाइनँ । तर, उहाँ जँड्याहा हुनुहुन्थ्यो । मैले उहाँलाई सामान्य अवस्थामा कहिल्यै देखिनँ भन्दा पनि हुन्छ । उहाँ जतिबेला पनि मातेको अवस्थामा देखिनुहुन्थ्यो ।’

बच्चा बेलामा आफू सानो छँदा आफ्ना दाइ हुगो अभिरो र दिदीहरू एल्मा र लिलिना काटियाले आफ्नो रेखदेख गर्ने गरेको पनि रोनाल्डो सम्झिन्छन् । धेरै रुने हुँदा रोनाल्डोलाई दाइदिदीले रुन्चे नामै राखिदिएका थिए ।

सानैबाट फुटबलका पारखी रोनाल्डोले १४ वर्षको उमेरदेखि विद्यालयको शिक्षा त्यागेर आफ्नो पूरा जीवन फुटबललाई समर्पण गरिदिए । राम्रो फुटबल खेल्ने भएकाले नै १६ वर्षको उमेरमा स्पोर्टिङ सीपी क्लबले उनलाई अनुबन्ध गरेको थियो । अर्को वर्ष अर्थात् सन् २००३ त्यही वर्ष थियो, जसले रोनाल्डोलाई विश्वले चिन्यो ।

त्यस वर्ष अगस्ट ६ मा विश्वचर्चित क्लब म्यानचेस्टर युनाइटेड र स्पोर्टिङबीच मैत्रीपूर्ण फुटबल भएको थियो । सो खेलमा रोनाल्डोले यस्तो आकर्षक खेले कि जसले चर्चित प्रशिक्षक सर एलेक्स फर्गुसन तिनछक परे । खेल सकिएको हप्ता दिन नपुग्दै अगस्ट १२ मा म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरिसकेको थियो ।

रोनाल्डो युनाइटेड पुग्नु नै फुटबल जगत्‌मा उनको वर्चस्वको सुरुवात थियो जसबारे चर्चा गरिरहनुपर्दैन होला । अहिले ३८ वर्षमा पनि उनले विश्व फुटबलमा धमाका मच्चाइ रहेका छन् ।

रोनाल्डो अहिले धनाढ्य भइसके तर पनि उनमा धनको घमण्ड छैन । उनी आफ्ना छोराछोरीलाई पनि आफ्नो दुःखको कथाबारे सुनाउँछन्, जसले उनीहरूलाई नम्र र व्यावहारिक हुन सहयोग पुग्ने रोनाल्डो बताउँछन् ।

रोनाल्डोले एक दिन आफ्ना जेठा छोरा रोनाल्डो जुनियरलाई आफू जन्मेहुर्केको घर देखाउन पोर्चुगल लगेका थिए । त्यसबेला जुनियरले पिता रोनाल्डो बस्ने घर र ओछ्यान देखेर भनेका थिए, ‘बुबा, तपाईं यहाँ बस्नुहुन्थ्यो र, म विश्वास गर्न सक्दिनँ ।’

दुःखमा आत्तिन र सुखमा मात्तिन हुन्न भनेर रोनाल्डोले छोराछोरीलाई सिकाइरहेका हुन् । रोनाल्डो तीन प्रमुख परोपकारी संस्थाहरू सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनका लागि ब्रान्ड एम्बासडर बनिसकेका छन् ।

उनको परोपकारी व्यवहारबारे सबै परिचित नै छन् । उनले विश्वभरका गरिब राष्ट्रमा अस्पताल र विद्यालय बनाउनुका साथै भूकम्पपीडितहरूलाई करोडौँ दान दिइसकेका छन् ।

सन् २०११ मा रोनाल्डोले आफूले पाएको युरोपियन गोल्डेन बुट नै बेचिदिएका थिए । बुटलाई १२ लाख मिलियन पाउन्डमा बेचेर उनले युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्र गाजामा विद्यालयहरू बनाउन सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध