विश्वकप क्रिकेटको कमेन्ट्रीमा सञ्जय माञ्जरेकरको अफवाह- माउन्ट एभरेस्ट भारतमा छ !


काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटको कमेन्ट्रीमा भारतीय कमेन्टेटरले सगरमाथाका बारेमा अफवाह फैलाउन खोजेका छन् । चर्चित कमेन्टेटर सञ्जय माञ्जरेकरले सगरमाथा भारतमा रहेको दावी गरे ।

हिजो श्रीलंका र नेदरल्याण्डबीचको खेलमा माञ्जरेकरले अंग्रेजीमा कमेन्ट्री गरेका थिए । अप्रासंगिकरूपमा उनले सगरमाथाको प्रसंग निकाले ।

उनले भने- इन्डिया हेज द हाइयस्ट पिक इन द वर्ल्ड, माउन्ट एभरेस्ट । (भारतमा विश्वको अग्लो चुचुरो माउन्ट एभरेस्ट छ ।)

माञ्जरेकरको यस्तो कमेन्ट्रीलाई लिएर नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनले अञ्जानमा नभएर जानिजानि भ्रम फैलाउन खोजेको धेरैको आरोप छ ।

प्रकाशित : 22 October 2023 2:20 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ