पाकिस्तानका प्रधामन्त्री शरिफले पनि हिन्दूलाई दिए होलीको शुभकामना


काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरुभन्दा फरक देखिँदै हिन्दू धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् । यसअघि पाकिस्तामा हिन्दूहरुको पर्वमा यसरी शुभकामना दिने प्रचलन विरलै थियो ।

प्रधानमन्त्री सरिफले पाकिस्तानमा रहेका हिन्दू धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै यो पर्वले तपाईंहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ