भारतीय रक्षा प्रमुख रावतको निधन : ३ दिन राजकीय शोक घोषणा


नयाँदिल्ली । भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ ।

रावतको जन्म उत्तराखण्डमा भएको थियो । बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो । यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो ।

हेलिकोप्टर दुर्घटनाबारे बिहीबार गृहमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने भएका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तामिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनाको विषयमा सिंहले सदनमा जानकारी दिन लागेका हुन् ।

एएनआईका अनुसार बिहीबार साँझसम्म उनको शव दिल्ली ल्याइनेछ । उनको अन्तिम संस्कार दिल्लीको केन्ट क्षेत्रमा गरिनेछ । रावत र उनकी पत्नीको मृत्यु भएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै नेता तथा सेनाका पूर्व अधिकारीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २३, बिहीबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ