Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रसायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, ९:२९ AM
0
रसायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो

लहान, ११ भदौं। सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ ।

लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रसायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्काेतिर जिल्लामा रसायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएकोमा गत आव २०७५÷०७६ मा दुई हजार ४०० बोरा मात्र डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका निमित्त प्रमुख नारायणबहादुर खडकाले जानकारी दिनुभयो ।

यसैगरी आर्थिक वर्ष २०७४÷०७५ मा २६ हजार ७८८ बोरा युरिया मल आपूर्ति भएकोमा आव २०७५÷०७६ मा २३ हजार ७७ बोरा मात्र युरिया मल आपूर्ति भएको निमित्त प्रमुख खडकाले बताउनुभयो । अघिल्लो आव २०७४÷०७५ भन्दा २०७५÷०७६ मा डिएपी छ हजार १४९ बोरा र युरिया तीन हजार ७०१ बोरा कम मल आपूर्ति हुँदा जिल्लामा रसायनिक मलको हाहाकार भएको निमित्त प्रमुख खडकाको भनाइ छ ।

त्यस्तै आव २०७३÷०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा डिएपी मल चाहिएकोमा कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी मल एक बोरा पनि आएन भने युरिया मल आएको जति सबै बिक्री भइसकेकाले गोदाम रित्तिएको छ ।

डिएपी र युरिया मलको माग बढ्ेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको निमित्त प्रमुख खड्काको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल पु¥याउन नसकिरहेको उल्लेख गर्दै उहाँले अझै किसान मलका लागि आउने गरिए पनि मलको अभाव भएको भन्दै फर्काउँदै आएको बताउनुभयो ।

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले आव २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा झण्डै आधा मूल्य बराबरको रसायनिक मल मात्र बिक्री गरेको छ । आव २०७४÷०७५ मा रु चार करोड १५ लाख ५१ हजार ९७६ को मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले आव २०७५÷०७६ मा रु दुई करोड ३६ लाख ९५ हजार ३४६ को मात्र रसायनिक मल बिक्री गरेको निमित्त प्रमुख खडकाले जानकारी दिनुभयो ।

निमित्त कार्यालय प्रमुख खड्काका अनुसार आव २०७५÷०७६ मा रु एक एक करोड ७० लाख ३० हजार ८२६ को युरिया, रु ५२ लाख ५१ हजार २०० को डिएपी, रु १४ लाख १३ हजार ३२० को पोटास बिक्री गरेको छ । सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९० प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ ।

अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट्र ट्रेडिङले गाउँ गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री कम्पनी लिमिटेडले समेत मल ल्याउन सकेको छैन ।

धानमा मल हाल्ने बेला हँुदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, लहानका किसान राजकिसोर यादवले भन्नुभयो, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उहाँले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताउनुभयो ।

किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् । गोलबजारका किसान बृजकिसोर मिश्रले किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताउनुभयो । “धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । “हामीसँग डीएपी मल छैन”, निमित्त प्रमुख खड्काले भन्नुभयो, “गोदामा भएको मल किसानलाई बाँडेका छौं ।”

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध