Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषामा ५ महिनाअघि बलात्कृत बालिका अझै बेहोस्, मन्त्री र मेयरले घटना दबाउन खोजे !

टुडे खोज लेखक टुडे खोज
भदौ १३, २०७६, ९:०८ AM
0
धनुषामा ५ महिनाअघि बलात्कृत बालिका अझै बेहोस्, मन्त्री र मेयरले घटना दबाउन खोजे !


जनकपुरधाम, १३ भदौ । पाँच महिनाअघि गत वैशाख १५ गते बलात्कृत भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी १४ वर्षीया बालिका अझै विक्षिप्त अवस्थामा छिन् ।

काठमाडौँस्थित पाटन अस्पतालमा करिब डेढ महिना लामो उपचार पश्चातसमेत उनी मानसिक रुपमा अझै पनि सबल हुन सकेकी छैनन्। निद्रामै डराएर चिच्याउने, झस्किने, बरबराउने लगायतका मानसिक समस्याले अझै पनि पीडित बालिकालाई सताइरहन्छन्। पाटन अस्पतालको बाल मानसिक रोग वार्डमा उपचारपछि उनलाई चिकित्सकले घटनास्थल नजान दिएको सल्लाहअनुसार काठमाडौँमा राखिएको हो।

आर्थिक अवस्था कमजोर रहेका उनको बुवाले काठमाडौँमा सैलुनमा काम गरी जसोतसो भाडामा कोठा लिइ दुइटै छोरीलाई काठमाडौँमै राखेका छन्। घटना स्मरण भएलगतै घरिघरि छटपटिने ती बालिकालाई जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियो। जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि वैशाख १८ गते जनकपुरस्थित धनुषा अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि वैशाख २२ गते उनलाई पाटन अस्पताल पठाइयो तर प्रहरीले भने समन्वय नगरेको पीडित परिवारको आरोप छ।

स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई दबाब दिएपछि मात्र प्रहरीले अस्पतालमा आफ्ना प्रतिनिधि पठाए। घटनापश्चात पीडितसँगै उनकी बहिनीले समेत पढाइ छाडिसकेकी छन्। ‘पढने इच्छा छ, विद्यालय जान्छु भन्छिन् तर मानसिक रुपमा अझै विक्षिप्त छ त्यसैले स्कुल पठाएका छैनौ। अब हामीलाई छोरीको भविष्यको चिन्ता छ,’ उनको बुवाले भने।

कसरी भयो घटना ?

वैशाख १५ गते दिउँसो करिब १२ बजे पीडित बालिका घरमा पढ्दैथिइन्। खाना खाएपछि आमा बारीमा घाँस काट्न गएकी थिइन् । घरको अगाडिको ढोका बन्द थियो। आमा बारीमा गएको एकछिन नबित्दै घरको पछाडीको पर्खालबाट हामफाल्दै ४२ वर्षीय छिमेकी राजकुमार साह घरभित्र पसे। पीडित बालिका कलमा पानी ल्याउन गएकी थिइन्। घरमा पीडित बालिकाकी १२ वर्षीया बहिनी पर्खालबाट हाम फालेर भित्र पसेको देखेर डराइन्। ‘यसरी किन पर्खालबाट हामफालेर आउनु भएको अंकल,’ उनले सोधिन्।

घरको खपडा हेर्न आएको भनेर साहले जवाफ फर्काए। त्यत्तिकैमा साहले उनलाई जबर्जस्ती गर्न थाले। पानी लिएर फर्किदा दिदीले बहिनीलाई साहले मुख थुनेर खाटमा पल्टाएको देखिन्। दिदीले बुवालाई भनदिन्छु भनेर कराइन् । तर उनी कराएको कसैले सुनेनन्। एकछिनमै १२ वर्षीया बालिका बेहोस भएर भुइँमा लडिन्। त्यसलगत्तै राजकुमारले उनको दिदीलाई मुखमा कपडा कोचे। ती बालिकाले पटक–पटक प्रतिकार गरिन्। तर साहले उनलाई बलात्कार गरे। बलात्कारपछि बालिका बेहोस भइन्।

आमा घाँस काटेर घरमा छोरीलाई बेहोस अवस्थामा देखेर झसंङ्ग परिन्। पीडित बालिकाकी आमाले उनको बुवालाई पटक–पटक फोन गरिन् । तर काममा व्यस्त भएकाले उनको बुवाले रातिमात्र फोन उठाए। लगत्तै उनी काठमाडौँबाट घर फर्किए र बदनामीको डरले दुइदिनपछि मात्र यो कुरा समाजका अगुवालाई जानकारी गराए।

मन्त्री र मेयरले घटना दबाउन खोजेको आरोप

घटनापश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेको भन्दै स्थानीय आन्दोलितसमेत भए। आन्दोलनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा केही स्थानीय घाइतेसमेत भएका थिए। भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पँजियारले घटना दबाउन खोजेको भन्दै स्थानीय प्रदर्शनमा उत्रेका थिए। मन्त्री महासेठ र मेयर पँजियारको साहसँग सम्बन्ध रहेकाले घटना दबाउन खोजेको स्थानीयले आरोप लगाउँदै प्रदर्शनमा उत्रेका थिए। बटेश्वर गाउँपालिका–४ घर भइ हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका आरोपीत साह यसअघि समेत यस्ता कार्यमा संलग्न रहेको आरोप लागेको छ। विगतमा बटेश्वरमा छिमेकमै एक बालिकासँग दुस्कर्म गरी समाजमै मिलापत्र गराएपछि दुस्मनी भएको भन्दै डरले उनी बटेश्वर छाडेको स्थानीयको आरोप छ।

कहाँ पुग्यो मुद्दा ?

जिल्ला अदालत धनुषाले थुनामा रोखर साहलाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश दियो। गत जेठ १० गते न्यायााधीश विनोद खतिवडाको आदेशले उनलाई पुर्पक्षका लागि जलेश्वर करागार चलान गरिएको थियो। तर प्रतिवादी साहले जिल्ला अदालतको आदेशबाट चित्त नबुझेको भन्दै थुनछेकका लागि उच्च अदालतमा निवेदन दर्ता गराए। उच्च अदालतमा बिहीवार भएको सुनुवाइमा अदालतले प्रतिवादी साहलाई थुनामा राखेर मुद्दा हेर्नु भनेर आदेश दिएको छ। न्यायाधीश बाबुराम रेग्मी र धु्रवराज नन्दको संयुक्त इजलासले साहलाई थुनामा राखेर मुद्दा हेर्न आदेश दिएको हो।

चलखेलको शंका

पछिल्लो समय न्यायालयमा समेत चलखेल भएका घटना सार्वजनिक भएको भन्दै यो घटनामा पनि प्रमाण मेटाउन चलखेल हुनसक्ने पीडित बालिकाकी बुवाको शंका छ । ‘राजकुमार पैसावाला छ, पावर पनि छ । मलाई डर छ स्वास्थ्य परीक्षण रिपोर्टमा पैसाको चलखेल गरी गडबडी गर्न सक्छ,’ उनले भने । मन्त्री र मेयर लगायतका ठूला ठूला नेतासँग साहका व्यक्तिले गोप्य भेटघाट गर्ने गरेको उनले बताए । – नेपाल न्यूजबाट




सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध