सिरहा, १४ भदौं । सिरहा नगरपालिका–१२ सारश्वर गाउँकी ९८ वर्षीया अमिना खातुन । तीन महिनाअघि उनको मानसिक सन्तुलन गुम्यो । उनलाई उपचार र स्याहारको खाँचो छ । तर, परिवारको चरम गरिबी र अशिक्षाका कारण उनले साङ्लोमा बाँधिएर दिन गुजार्नुपरेको छ ।
मजदुरी गरेर परिवार पाल्ने छोरा मोहम्मद सोएबले गाउँले सहयोग दिएको ९/१० हजारले आमाको सामान्य उपचार गराए । तर निको भएन । आमाले गाली गर्ने हुनाले उनकी पत्नी रुबी खातुन माइत गएर बसिन ।
मजदुरीमा जाँदा सोएब आमालाई घर छेउको सामुदायिक भवनमा बाँधेर राख्छन् । ‘आमाको समस्याले मन पिरोल्छ, उपचार गर्न मन छ तर मजदुरी गरेर छोराछोरीको पेट पालुँ कि आमाको उपचार गरुँ ?,’ सोएबले पीडा सुनाए ।
- नयाँ पत्रिकाबाट