Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भदौंभित्रै प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने

टुडे खोज लेखक टुडे खोज
भदौ १४, २०७६, १२:०९ PM
0
janaki-temple-province-2-pradesh-2

Janaki-temple

जनाकुरधाम, १४ भदौं । प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई तीव्र बनाइएको छ । संघीय सरकारले १३ असोजसम्ममा दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार प्रदेशलाई यही महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्ने तयारीलाई तीव्र पारिएको सरोकारवाला निकायले जनाएका छन् ।

प्रदेश सरकार र प्रदेशभित्र रहेका स्थानीय सरकार जोडतोडका साथ अभियानमा लागेका छन् । आठवटा जिल्ला रहेको प्रदेश २ मा अहिलेसम्म सिरहा, सप्तरी र रौटहट मात्र खुला दिसामुक्त जिल्ला घोषणा भएका छन् । सर्लाहीस्थित सबै स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसके पनि औपचारिक रूपमा जिल्लालाई घोषणा गर्न बाँकी छ ।

धनुषा, महोत्तरी, बारा र पर्सामा ९८ प्रतिशत काम भइसकेको र ३० भदौसम्म प्रदेशका सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशस्तरीय स्वच्छता समन्वय समितिका सदस्य–सचिव पुष्करनाथ घिमिरले जानकारी दिए ।

२६ स्थानीय तह मात्रै बाँकी
प्रदेशका एक सय ३६ वटा स्थानीय तहमध्ये धनुषामा १०, बारामा नौ, पर्सामा चार र महोत्तरीमा तीन स्थानीय तह मात्रै खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको उनले बताए । बिहीबार महोत्तरीको औरही नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुँदै छ । प्रदेश २ सरकारले ३० भदौसम्म प्रदेशका सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गराउने र लगत्तै प्रदेशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

खुला दिसामुक्त क्षेत्र अभियानलाई तीव्र बनाउन मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा प्रदेशस्तरीय स्वच्छता समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तह र जिल्लास्तरीय खानेपानी सरसरफाइ तथा स्वच्छता समन्वय समितिलाई कामलाई तीव्रता दिन निर्देशन गर्नुका साथै स्थानीय तहको कामको अनुगमनमा जोड दिएको सदस्य–सचिव घिमिरेले बताए ।

प्रदेश राजधानीलाई २७ भदौमा खुला दिसामुक्त घोषणा गरिने
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकालाई २७ भदौमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले खुला दिसामुक्त क्षेत्र अभियानलाई तीव्रता दिन सबै वडाध्यक्ष तथा कर्मचारीलाई निर्देशन दिएका छन् । २५ वटा वडा रहेको जनकपुर उपमहानगरपालिकाका ६ वडा खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । बाँकी वडालाई २७ भदौभित्रै खुला दिसामुक्त घोषणा गर्ने गरी काम भइरहेको मेयर साहले बताए । गरिब तथा विपन्न वर्गलाई उपमहानगरपालिकाले शौचालय निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको साहले जानकारी दिए । नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध