जनकपुरधाम, १६ भदौ । मगही भाषा संरक्षण सम्बद्र्धन प्रतिष्ठान जनकपुरले मगही भाषालाई प्रदेश २ को कामकाजी भाषा बनाउन मांग गर्दै आज ज्ञापन पत्र बुझाएको छ।
प्रतिष्ठान सम्बद्ध युवाहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई भेटी सो ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले प्रदेश स्तरीय मगही भागाा संस्कृति विकास बोर्ड गठन गर्नु पर्ने, सरकारी सूचनाहरु मगही भाषामा सम्प्रेशन गर्नु पर्ने प्रशिक्षक तयारी गर्नु पर्ने जस्ता मांगहरु राखेका छन ।
प्रतिष्ठानले प्रदेश नं. २मा ६२ प्रतिशत जनताले मगही भाषा बोली रहेको दावी समेत गरेका छन ।