Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

टुडे खोज लेखक टुडे खोज
भदौ १७, २०७६, ११:२६ AM
0
‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

File:Photo

गौशला, १७ भदौं । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए ।

छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए ।

त्यस्तै गौशाला नगरपालिका–११ का विन्देश्वरप्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको बीमा गराउनका लागि कार्यालयमा तीन पटकसम्म धाइसकेका छन् । चर्को घाममा श्रीमतीसहित काखमा बच्चालाई बोकेर आएका विन्देश्वरको मुहारमा काम नहुने हो कि भन्ने निराशा छाएका थिए । आपूmले तीनपटकसम्म कार्यालयमा आएर छोरीको बीमा गराउनका लागि गरिएको प्रयास असफल भएपछि उनी र उनकी श्रीमती निराश भई बसेका थिए ।

जन्मदर्ता बनाउने क्रममा वडा सचिवले आपूmलाई जानकारी दिँदा छोरीको बीमा गराउनका लागि आएका गौशाला–५ का अनिल साह रौनियारले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको जनाएका छन् । जेठ २८ गते जन्मिएकी छोरी आनन्दी कुमारीको बीमा भएपछि आपूmले फुर्सद पाउने सोचमा उनी लामो प्रतीक्षामा बसिरहेका थिए ।

घरघरमा गई छोरीको बीमा गराउनका लागि मुख्यमन्त्रीले निर्देशन दिँदासमेत स्वयमसेवक गाउँमा नजाँदा आपूmजस्ता अनेकांै अभिभावक समयमा जानकारी नपाएर छोरीको बीमा बनाउन नसकेको गौशाला–५ का गर्विदयाल साहले बताएका छन् ।

घरघरमा नभएपनि कम्तीमा वडा कार्यालयसम्म पुगेर छोरी बीमा गराउँदा सर्वसधारणलाई सुलभ हुने कार्यालयका योजना शाखामा कार्यरत वडा सचिव धर्मराज वस्नेतले बताएका छन् । नगरपालिकाको कार्यालयमा छोरी बीमा गराउनका लागि महिनाको १० गते र कुनै कुनै महिनामा मात्र दुई पटकसम्म बिमक आउने गरेको बस्नेतले बताएका छन् ।

मुख्यमन्त्रीले ल्याएको छोरी बीमा कार्यक्रम प्रचारप्रसारको कमीको कारण नगरपालिकामा खासैरुपमा उपलब्धि हासिल हुन नसकेको नगरप्रमुख शिवनाथ महतोले बताएका छन् । आपूmले नगरपालिकाका स्थानीयलाई प्रतिनिधि बनाएर पठाउनका लागि मुख्यमन्त्रीलाई गरेको आग्रहको कुनै सुनवाई हुन नसकेको नगरप्रमुख महतोले जनाएका छन् ।

कार्यक्रम मुख्यमन्त्रीको मातहतमा रहेकोले यसमा आपूmले कुनै संशोधन गर्न नसकिने बताउँदै नगरप्रमुखले सर्वसधारणको सुलभ र सरल ढंगले सेवाप्रदायक बनाउनका लागि प्रयासरत रहने प्रतिवद्धता जनाएका छन् ।

यस सम्बन्धमा बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमका प्रदेश नं. २ का संयोजक प्रियंका यादवले स्वयमसेवकलाई दिइने नियुक्तिपत्रमा नीति नियमलगायतका शर्त संशोधन गर्नुपर्ने भएकोले तत्कालका लागि नविकरण गर्ने कार्य रोकिएको जनाएकी छिन् ।

नियुक्तिपत्रमा घरघरमा गएर कार्यसम्पादन गर्नका लागि निर्देशन दिएता पनि कम्तीमा वडा कार्यालयसम्म गएर जनतालाई सुलभरुपमा सेवा सुविधा दिनुपर्नेमा संयोजक यादवले धारणा राखेकी छिन् ।

प्रदेश नं. २ को सरकारले प्रदेशभरिमा गत माघ १ गतेदेखि ल्याएको सो अभियान प्रदेशभरिका गाउँगाउँमा सञ्चालनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरले जनाएको छ । छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ रु एक लाख २५ हजार पाउनेछन् ।

छोरी शिक्षा बीमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष रु १३ हजार ६४६ र प्रभु बैंकले रु एक हजार दिनेछ । त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सङ्घीय सरकारले विशेष अनुदानस्वरूप प्रदेश सरकारलाई रु ५० करोड अनुदान दिएको छ ।

अभियानलाई तीव्रता दिन प्रदेशका आठ वटै जिल्लामा स्वयंसेवक नियुक्त गरिएका छन् ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध