वीरगञ्‍जमा कुकुर आतंक, २० खसीबाख्रा मार्‍यो


पर्सा, १८ भदौं : महानगरपालिकाभित्र सडक कुकुरको पनि ग्याङ शक्तिशाली हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, प्रदेश-२ को एक मात्र वीरगन्ज महानगरपालिकाभित्र सडक कुकुरको ग्याङ पनि शक्तिशाली बन्दै गएको छ। कुकुरको ग्याङले गएको एक महिनायता ‘फिल्मी स्टाइल’ मा वीरगन्ज नगरवासीका २० वटा खसीबाख्राको शिकार गरिसकेका छन्।

सडक कुकुरको ग्याङले चालु महिनाको साउन १५ यता मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलका नगरवासीको घर छेउ र आँगनमा नै बाँधेका खसी बाख्रामाथि आक्रमण गरेका हुन्। कुकुरको आक्रमणमा परी जग साह तेलीका मात्र ४ वटा खसीबाख्रा मरिसकेको स्थानीयले बताए। एक महिनायता मात्र यहि टोलमा यत्रो खसी बाख्रा सडक कुकुरको ग्यांङमा परिसकेको स्थानीय शम्भु यादवले थाहा खबरलाई बताए।

कुकुरको ग्याङ्गले एक महिना भित्रै मेरा पनि ३ वटा खसी खाइसके। महानगरवासी भएर पनि कुकुरको ग्याङ्गबाट पीडित छौं उनले तर्क गरे। यस बिषयमा वडाध्यक्ष प्रदिप यादव र नगरप्रमुख विजय कुमार सरावगीसँग पनि कुरा गरेको। तर उहाँहरूबाट कुनै पहल भएको छैन। खसी बाख्राको शिकार गर्ने सडक कुकुरको ग्याङ्गमा १५ देखि २० वटासम्म कुकुरहरू छन् उनले भने।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार १२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ