अबैध घरेलु मदिरा नष्ट


महोत्तरी, १९ भदौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मदिरा बनाउने करिब १२ हजार कच्चा पदार्थ नष्ट गरेको छ ।

जलेश्वर नगरपालिका वडा-२ स्थित पासी टोलमा मदिरा भठीबाट अबैध मदिरा बनाउने मेसिन २ वटा, मोटर ३ वटा, २२ वटा ड्रम मदिरा बनाउनको लागि राखेको सूचनाको आधारमा प्रहरी टोलीले उक्त ठाउँमा पुगेर अबैध मदिरा भठीसहित मदिरा नष्ट गरेको छ ।

बुधबार घरेलु मदिरा बरामद गरी जि.प्र.का.महोत्तरीमा ल्याई जिल्ला प्रशासन प्रमुख सूर्यबहादुर खत्री, नेपाली सेनाका प्रमुख सेनानी विदुर अधिकारी, जिल्ला प्रहरी प्रमुख श्याम कुष्ण अधिकारी, शसस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारी र नेपाल पत्रकार महासंघ महोत्तरीको अधयक्ष कमलेश मण्डल लगायतका स्थानियहरुको रोहबरमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ