Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सिरहाकी सियाबती : यसरी भइन् तरकारी बेचेर मालामाल

टुडे खोज लेखक टुडे खोज
भदौ २०, २०७६, ८:५५ AM
0
सिरहाकी सियाबती : यसरी भइन् तरकारी बेचेर मालामाल

लहान, २० भदौ । सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावती देवी रामलाई अचेल बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई छ ।

सामान्य लेखपढ गर्न समेत नजानेकी सियावती रामलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजीकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।

दुई वर्षअघिसम्म पुँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सियावती देवीले अहिले भने तरकारी खरिद बिक्रीलाई आयआर्जनको राम्रो आधार बनाएकी छिन् । सियावती अहिले गाउँ नजीकैको बजारमा तरकारी किनबेच गरेर राम्रो आम्दानी गरिरहेकी छन् । आयआर्जनको गतिलो आधारसँगै सियावतीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचान समेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ बनिबुतो गर्दैआएको विगत सम्झँदै सियावती देवीले भनिन् – “पहिले ज्याला मजदूरीमा काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ । बालबच्चाको पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।”

ज्याला मजदूरीमा दिनभरि काम गर्दा तीन किलो धान मात्र ज्याला पाउँथे उनी । सियावती देवीले भनिन् – “तर, अब मेरो त्यो दुःखका दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै उनले पाँचजनाको परिवार धानिरहेकी छन् ।

दुई वर्षदेखि तरकारीको व्यवसाय शुरु गरेकी उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएकी छन् । त्यति मात्रै होइन, त्यही तरकारी व्यापारबाट घडेरीका लागि १० धुर जग्गा समेत जोडेकी छन् ।

घरबाट निस्कन र अरुका अगाडि बोल्न लजाउने स्वभावकी सियावती देवीको जीवनमा आएको यो परिवर्तन कुनै चामत्कारिक शक्तिबाट नभई गाउँकै महिलाहरुको अग्रसरताबाट गठन भएको समूहबाट आएको हो ।
“शुरु शुरुमा म धेरै लजाउँथे, के गर्नुपर्छ भन्ने थाहै थिएन, सधंै मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थें,” सियावती देवीेले भनिन् – “जब गाउँका महिलाहरु समूह बनाएर बचत गर्न तथा ऋण लिन थाले तबदेखि मेरो जीवनमा पनि परिवर्तन आयो ।” मिलन सामाजिक परिवारमा आबद्ध भएकी सियावती देवी त्यही सामाजिक परिवारको सहयोगमा दुई वर्ष अघिदेखि तरकारी व्यापार शुरु गरेको बताउँछिन् ।

सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट तरकारी खरिद गरी लक्ष्मीपुर, पोखरभिण्डा, पतारी लगायतको बजारहरुमा बेच्दै आएकी सियावती देवीले भनिन् – “अहिले त्यही तरकारीको व्यापारबाट दैनिक ३०० देखि एक हजार रुपैयाँसम्म नाफा भइरहेको छ ।”
आफू आबद्ध भएको सामाजिक परिवारबाट १५ हजार रुपैयाँ ऋण लिएर शुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गर्न पनि समूहमै बचत गर्दैआएको उनी बताउँछिन् ।
“शुरु शुरुमा तरकारी व्यापार गर्न लाज लाग्थ्यो,” उनले भनिन् – “तर, समग्र विकासको चन्देश्वर राम सरले तरकारी किनबेच गर्ने तरीका बताउनुका साथै एक– दुई हटियामा सँगै तरकारी किनबेच गर्न सहयोग गरेपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मान्नेरै भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ ।” यसरी विस्तारै लाज हट्दै गएको र प्रगतिको ढोका समेत खुल्दै गएको उनको कथन थियो ।
आफ्नो तरकारी व्यापार प्रगतिको पथमा अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको झैंझगडा समेत रोकिएको सियावती देवी सुनाउँछिन् । अहिले पति रामउदगारले पनि व्यापारमा उनलाई सघाउँछन् ।

पहिला कुनै काम गर्दा साहुमहाजनबाट मासिक ब्याजमा ऋण लिनुपर्ने बाध्यताबाट समेत मुक्त भएकामा उनी खुशी छिन् । तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन, गरिबी जीवनबाट समेत छुटकारा पाएको अनुभव पनि उनी अरुलाई सुनाउँछिन् ।

जीवन सङ्गिनीको सहासिक कदमबाट उत्साहित रामउदगार भन्छन् – “मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन भाग्यबाट, त्यो सम्भव छ व्यापारबाट) । हो रहेछ, त्यो मैले महशुस गरें ।” सियावती देवी जस्तै महिलाहरु घरेलु तथा साना व्यापार व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भए समाजमा छिट्टै परिवर्तन आउने विश्वास स्थानीय बुद्धिजीवीहरु व्यक्त गर्छन् ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध