जनकपुरधाम, २० भदौं । वीरगञ्जमा एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी छात्रालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
एसिड आक्रमणबाट गम्भीर घाइते वीरगञ्ज महानगरपालिका १ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनलाई उपचार गराउन ५ लाख दिने मुख्यमन्त्री राउतले घोषणा गरेको छन् । मुख्यमन्त्री राउतले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासनसमेत दिएका छन् ।
शुक्रबार बिहान विद्यालय पढ्न जाने क्रममा मुस्कानमाथि एसिड आक्रमण गरी दुई युवक फरार भएका थिए। एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी उनको तत्कालै वीरगन्जस्थित नारायणी अस्पताल लगियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
एसिड आक्रमण गर्ने एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। एक जना फरार रहेका छन् । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।