सप्तरीका सुरक्षा अधिकारीहरुद्वारा सिमा क्षेत्र निरीक्षण


सप्तरी, २३ भदौं । सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित नव सुरक्षा अधिकारीहरुले सिमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

केहि दिनअघि मात्रै आएका प्रमुख जिल्ला अधिकारी सनिल खनाल, एसपी कृष्ण प्रसाइँसहितकाले सप्तरीको सिमावर्ती ठाउँहरुको निरीक्षण गरेका हुन् । सुरक्षा अधिकारीहरुको टोलीले सिमा स्तम्भहरुको निरीक्षण समेत गरेका छन् ।

बलान बिहुल गाउँपालिका र बोदे बर्साइन नगरपालिकाको दक्षिणी भेगमा गएर आईतबार सुरक्षा अधिकारीहरुले सुरक्षा र तस्करीको बिषयमा जानकारी समेत लिएका छन् ।

यस क्षेत्रका बिभिन्न प्रहरी यूनिटका इन्चार्जहरुसँग भेटेर सुरक्षा अवस्था चुस्त दुरुस्त बनाउन निर्देशन समेत दिएको एसपी प्रसाइँले जानकारी दिए ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ