सिरहामा भारतीय रुपैयाँसहित साह पक्राउ


सिरहा, २२ भदौं । भारतीय रुपैयाँसहित एक युवकलाई सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ का ४० वर्षीय ओम प्रकाश साह छन् ।

उनको साथबाट भारतीय रुपैयाँ २ लाख बरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको टोलीले सिमावर्ती बजार ठाडीबाट लहानतर्फ आउने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका ५ बाट साहलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि आन्तारिक राजश्व विभाग ईटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ