धनुषामा धारिलो हतियारले धामीको हत्या


जनकपुरधाम, २३ भदौं । धनुषामा आइतबार राति एक धामीको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका १० ठेराका अन्दाजी ६० वर्षीय रामवरण शर्माको हत्या भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मोटरसाईकलमा आएको अज्ञात समूहले धरिलो हतियार प्रहार गरेर हत्या गरेको छ । हत्या कसले र किन गरेको विषयमा केहि खुलेका छैन् ।

तारापट्टी बजारबाट घरतर्फ फर्कने क्रममा मिथिला बिहारी नगरपालिका ८ स्थित कचुरीमा हत्या भएको प्रहरीको भनाई छ । मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ