वीरगन्ज, २३ भदौ । वीरगन्ज महानगर भित्र जान जाने जस्तो घातक डेंगुको संक्रमण फईलिएको एक महिना बितिसक्दा पनि वीरगन्ज महानगरपालिकाले डेंगु नियन्त्र गर्ने औषधी अहिले सम्मा किन्न सकेको छैन ।
हपतै अगाडी महानगरमा डेंगु नियन्त्रण गर्ने औषधी किन्न वीरगन्ज महानगरपालिका जिन्सी शाखामा परिपत्र गरिसकेको छ तर कमिसनको कुरा नमिलेको कारण अहिले सम्म डेंगु नियन्त्र गर्ने औषधी किन्न न सकेको वीरगन्ज महानगरका एक कर्मचारीले बताएका छन ।
यता वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुण महताले डेंगुका बिरामीको संख्या महानगरमा बढ्न थालेपछि महानगरपालिकाका सरफुदीन मिया, राजकिषण ताम्राकार र केहि कर्मचारीहरुको सहयोगमा बिना औषधी डेंगु नियन्त्र गर्ने काम लागि परेका छन । वीरगन्जको बिभिन्न स्थिानमा रहेको टायरमा जमेको पानीलाई खन्याएर टायर सुरक्षित स्थानमा राख्ने कार्यमा महानगरपालिकाका सरफुदीन मिया, राजकिषण ताम्राकार र केहि कर्मचारीहरु जुटेका छन ।
महानगरपालिकाका सरफुदीन मियाले बढदै गएको डेंगुको संक्रमणलाई रोक्न महानगरका घर–पसल वरिपरि रहेका टायरहरु भित्र जमेको पानीलाई खन्याउने तथा त्यसलाई सुरक्षित स्थानमा राख्ने कार्य हामीले गरिएको बताए । उनले डेंगु रोगको लामखुटेलाई नियन्त्रण गर्नको लागि चाँडै महानगरको ३२ वटै वडाहरुमा औषधी पनि छर्किने जानकारी दिए तर औषधी छैन आज भोलीमा आउछ ,उनले भने ।
उनले अहिले औषधी खरिद प्रक्रियामा रहेकाले खरिद हुने बित्तिकै महानगरका सबै वडाहरुमा छर्किने बताए । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई यसबारे सबैकुरा थाह भएता पनि उनी कानमा तेल हालेर बसेका उनकै महानगरका कर्मचारीहरु बताएका छन ।
पर्सा र बारामा डेंगुका बिरामीहरुको संख्या बढदै गएको तथा अहिले वीरगन्जको नारायणी अस्पताल, एडभान्स अस्पताल, तराई अस्पताल, नेशनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरमा गरी २५ जना डेंगुका बिरामीहरुको उपचार भइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।