Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अस्तव्यस्त जनकपुर अञ्चल अस्पताल

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७६, ४:०५ PM
0
जनकपुर अञ्चल अस्पताल

जनकपुर अञ्चल अस्पताल

जनकपुरधाम, २४ भदौं । जनकपुर अञ्चल अस्पताललाई प्रदेश सरकारले प्रादेशिक बनाउने प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सुविधासम्पन्न अस्पताल बनाउन बजेट खर्चिएको अस्पतालको प्रयोगशाला (ल्याब)मा लापरबाही बढेको छ । रगत परीक्षण नै नगरी बिरामीलाई रिपोर्ट दिएको भेटिएको छ ।

एउटै समयमा एउटै रगत र पिसाब स्याम्पलको दुई फरक रिपोर्टसमेत अञ्चल अस्पतालले दिएको खुलेको छ । जनकपुरका संजय साहले अस्पतालको ल्याबमा पिसाब परीक्षणको दुई फरक रिपोर्ट पाएको बताए । ‘स्याम्पल दिएको केही बेरमा रिपोर्ट लिन जाँदा रिपार्ट नभेटएपछि स्वास्थ्यकर्मीले आफ्नै मनले अर्को रिपोर्ट बनाएर दिए,’ साहले भने, ‘ल्याबभित्रै गएर आफूले खोज्दा फाइलमा जाँच भएको अर्कै रिर्पोट भेटियो ।’

यसअघि अञ्चल अस्पतालमा उपचार गराउन आएकी जनकपुरकी खुश्वु मिश्रको रगत परीक्षणको रिपोर्ट फरक दिइएको थियो । अञ्चल अस्पतालको रिपोर्टमा अप्रेसनका लागि रगत कम भएको देखाइयो भने ल्याबको रिपोर्टमा रगतको अवस्था ठिक भएको रिपोर्ट आयो । यस्ता फरक रिपोर्ट ल्याबले दिएको भएपनि अस्पतालले सुधार नगरेको स्थानीय कृष्ण यादवले बताए ।

अञ्चल अस्पतालको ल्याबमा सिकारु विद्यार्थीले भरिएको हुन्छ । ल्याबमा आएका सेवाग्रही भन्दा सिकारु विद्यार्थीको भिड हुन्छ । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मी हुँदैनन् । प्रयोगशालको परीक्षण रिपोर्टमा विद्यार्थीले नै स्वास्थ्यकर्मीको नक्कली हस्ताक्षर गरिरहेका हुन्छन् ।

संवेदनशिल प्रयोगशालामा व्यापक लपारबाही हुँदा अञ्चल अस्पतालको विश्वसनियतामाथि प्रश्न उठ्‌् थालेको छ । यहाँ कार्यरत कतिपय ल्याबका कर्मचारी अस्पतालको डयुटी छोडेर आफनो निजी ल्याबमा बस्ने गरेका छन् ।कान्तिपुर दैनिकबाट !

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध