Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

पर्सा : हुण्डी कारोबारमा पक्राउमध्ये ६ जना कारागार चलान

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, ६:०९ AM
0
पर्सा : हुण्डी कारोबारमा पक्राउमध्ये ६ जना कारागार चलान

पर्सा, २५ भदौं। अवैध हुण्डी कारोवारको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आठजनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। दुईजनालाई भने पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाडेको छ।

पर्सा प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानपछि एक अर्ब २८ करोड ४३ लाख ३९ हजार ७२३ रुपैयाँको विगो दाबी गर्दै पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। अवैध वित्तीय कारोबार ९हुण्डी तथा संगठित अपराध० गरेको भनी पर्सा जिल्ला अदालतमा दर्ता भएको ०४६– सी २०००५ को मुद्दामा ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासबाट आदेश भएअनुसार सूर्यबहादुर गदाल र राजकपुर साहलाई भने साधारण तारेकमा छोड्न भनिएको जिल्ला अदालत पर्साले जनाएको छ।

मुख्य अभियुक्त अझै फरार

भारत बिहार मोतीहारी जिल्ला पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद, मोतीहारी, नैनपुरका गुलाव साहसहित नेपालका चन्दनकुमार सर्राफ, राकेशकुमार सिंह, सुजितकुमार साह र घनश्याम सर्राफलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जिल्ला अदालत पर्साका सूचना अधिकारी भोलानाथ धमलाले बताए। मुख्य अभियुक्त भनिएका वीरगन्ज–६ माईस्थानचोक छेउको केपी स्वर्ण कला केन्द्र (सुनचाँदी पलस) सञ्चालन गर्ने कन्हैयाप्रसाद सोनार भने फरार छन्।

कन्हैयाकै पसलमा गत असार ९ मा पर्सा प्रहरीले अवैध वित्तीय कारोवार भएको आशंकामा छापामारी गरी त्यहाँ संलग्न भएको आशंकामा आठजनालाई त्यही दिन पक्राउ गरेको थियो। पसल सञ्चालक कन्हैयाप्रसाद भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। गत असार ९ मा प्रहरीले छापामार कन्हैयाका पसलबाट ४१ लाख ९२ हजार ९०० रुपैयाँ र २ किलो ९० ग्राम चाँदी पनि बरामद गरेको थियो।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध