Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

साइकलमै जनकपुरका रंजीत पुगे सगरमाथा बेस क्याम्प

टुडे खोज लेखक टुडे खोज
भदौ २७, २०७६, ४:४९ PM
0
साइकलमै जनकपुरका रंजीत पुगे सगरमाथा बेस क्याम्प

जनकपुरधाम, २७ भदौं। कुनै मानिस साइकल चढेर सगरमाथाको बेस क्याम्पसम्म पुगेको सुन्दा अचम्म लाग्न सक्छ। तर यो कठिन कामलाई सम्भव बनाएर देखाएका छन्, जनकपुरधाम–४ का रंजीत साहले।

३२ वर्षीय रंजीत १८ दिन ७ घण्टाको यात्रा तय गरेर शुक्रबार विहान ९ बजे सगरमाथाको आधार शिविरमा पुगेका छन्। ‘तराई–पहाड–हिमाल, हाम्रो मातृभूमि नेपाल’ मूल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि साइकल चढेर बेस क्याम्पसम्म पुग्न कम्मर कसेका रंजीतले २० भाद्रदेखि सल्लेरीबाट कठिन यात्रा सुरु गरेका थिए।

९ भाद्रमा जनकपुरको जानकी मन्दिरबाट एउटा झोला बोकेर यात्रा थालेका रंजीतलाई सगरमाथाको बेस क्याम्पसम्म पुग्न १८ दिन लाग्यो। सल्लेरीदेखि कतै साइकललाई बोकेको, कतै डोर्‍याएर बेस क्याम्पसम्म पुगेका तस्बिर उनले सार्वजनिकसमेत गरेका छन्।

सगरमाथाको बेस क्याम्पसम्म पुग्न उनी खुरकोट, घुर्मी, ओखलढुंगा, सल्लेरी, लुक्ला, सोलुखुम्बुको बाटो हिँडेका थिए। बेस क्याम्प पुगेका रंजीतको दोस्रो चरणमा साइकल चढेरै सगरमाथा पुग्ने इच्छा छ। रंजीतले यसअघि २०७२ भाद्र २१ गते जनकपुरको जानकी मन्दिरबाट काठमाडौंको पशुपतिनाथसम्म करिब २५० किलोमिटरको यात्रा साइकल चढेर एक दिनमै गरेका थिए।

सोही वर्षको असोजमा उनले जनकपुरबाट हलेसी महादेवसम्म साइकल यात्रा गरेका थिए। यसैगरी रंजीतले मुस्ताङको मुक्तिनाथ, भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्मको यात्रासमेत साइकलबाट गरिसकेका छन्। जनकपुरमा पान पसल सञ्चालन गर्ने रंजित प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्रामा निस्कने गरेका छन्।-नेपाल समय

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध