Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा ! | कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ? | एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ? | दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध | हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेस केन्द्रित दलको प्यानलले जित्यो गढीमाई चुनाव

टुडे खोज लेखक टुडे खोज
भदौ २९, २०७६, ३:५७ AM
0

बारा, २९ भदौं । बलिका लागि प्रसिद्ध बाराको गढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्वमानेतृत्व चयन भएको छ। गत बिहीबार भएको मतदानबाट मधेसकेन्द्रित दलहरूनिकट गठबन्धनको प्यानल निर्वाचित भएको हो।

शनिबार राति आएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित साहले ३२४७ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका उम्मेदवार मोतीलाल कुशवाहाले २९५४ मत प्राप्त गरेका छन्। अध्यक्षमा साह २९३ मतान्तरले विजयी भएका हुन्।

चौँथोपटक नेतृत्वमा

गढीमाई बोर्डमा साह यो चौंथो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनले बोर्डमा १५ वर्ष नेतृत्व गरिसकेका छन्। दुई पटक बोर्डको अध्यक्ष मनोनित भएका साह पछिल्लो पटक चुनावबाट निर्वाचित हुँदै तेस्रो पटक अध्यक्ष भएका थिए।

९ सदस्यीय बोर्डको उपाध्यक्षमा विश्वनाथ कुशवाहा ३२३७ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कैलाश महतो कोइरीले २६६४ मत प्राप्त गरे।

बोर्डको सचिवमा पारसप्रसाद गुप्ता, सहसचिव सोनालाल साह, कोषाध्यक्ष महेश जैसवाल, सदस्य त्रिपुरारी साह, हरेन्द्रप्रसाद कुशवाहा, शैलेन्द्रप्रसाद यादव र कृष्णप्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए।

अध्यक्ष पदमा नेकपाका जितेन्द्रप्रसाद गुप्ताले ५३४ मत प्राप्त गरेका छन् भने उनीविरुद्ध बागी उम्मेदवारी दिएका नेकपाका महाननप्रसाद यादवले २९ मत प्राप्त गरे। गढीमाई बोर्डको नेतृत्वका लागि राजनीतिक दलले छुट्टाछुट्टै प्यानल चुनावमा सहभागी भएका थिए।

राजनीतिक चुनावको झल्को दिने गरी गढीमाई क्षेत्रमा उम्मेदवारहरू घरदैलो र प्रचारमा जुटेका थिए। संसदीय र स्थानीय चुनावजस्तै बोर्डको नेतृत्व चयन गर्न भएको निर्वाचन भड्किलो र खर्चिलो समेत देखिएको थियो। उम्मेदवारले मतदाता रिझाउन ठूलो रकम खर्च गरे।

चुनावमा ८ हजार ३१७ मतदातामध्ये सात हजार ८६ जनाले मतदान गरेका थिए। बोर्डको अध्यक्ष र उपाध्यक्षमा चार/चार, सचिव र सहसचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको थियो चार सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।

चुनावबाट निर्वाचित ९ सदस्यीय बोर्डले मंसीरमा लाग्ने गढीमाई मेला सञ्चालन गर्नेछ। गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले सदस्यताका लागि आह्वान गर्छ। नेपाली नगारिक सदस्यता बन्न सक्ने विधानमा छ।

– अन्नपुर्ण पोष्टबाट


सम्बन्धित समाचार

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

ताजा समाचार

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध