बालदिवसमा कुनै कार्यक्रम नगरेको भन्दै राजविराजका मेयरलाई ५ रुपैया पुरस्कार


राजविराज, २९ भदौं । बालदिवसको अवसरमा कुनै कार्यक्रम नगरेको भन्दै राजविराजका मेयर शम्भु यादबलाई बालबालिकाले ५ रुपैयाँ पुरस्कार दिएका छन् ।

बालबालिकाले ज्ञापनपत्रसँगै मेयर यादबलाई ‘५ रुपैयाँको नोट पुरस्कार’ भन्दै बुझाएका हुन् । बालदिवस मनाउन नगरपालिकाले बजेट नछुट्याएकाले विरोधस्वरुप ५ रुपैयाँ सहयोग गरेको जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष वरदान श्रेष्ठले जानकारी दिए ।

आज मुलुकभर बालदिवस भव्य रुपमा मनाइएको छ । तर राजविराज नगरपालिकाले कुनै कार्यक्रमको आयोजना गरेनन् । कार्यक्रम आयोजनाका लागि आग्रह गर्दा पनि बेवास्ता गरेको संजालका अध्यक्ष श्रेष्ठले गुनासो पोखेका छन् ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार १२:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ