सर्लाही गोली काण्ड : २ जना परे फन्दामा, पेस्तोल र गोली बरामद


सर्लाही, ३० भदौ । सर्लाहीमा एक जनालाई गोली हानेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वपुर नगरपालिका ११ करमुहानका २७ वर्षीय रञ्जित राय र सोही ठाउँका ३२ वर्षीय उमेश साह छन् ।

ईश्वरपुर नगरपालिका ११ करमुहानका ३५ वर्षीय राजेश साहमाथि शनिबार राति गाउँ नजिकै गोली प्रहार भएको थियो । उक्त घटनामा पक्राउ परेका राय र साहको संलग्नता देखिएप्छि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उमेश साह गोली लागेका राजेशका भाइ हुन् । उनले भाईमाथि नै किन गोली चलाएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७.५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान बरामद भएको प्रहरीको दावी छ ।

गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनको अवस्था अझै गम्भिर छ ।

प्रकाशित : २०७६ भाद्र ३०, सोमबार ०१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ