महोत्तरीमा गाईगोरुसहित एक जना पक्राउ


जलेश्वर, ३० भदौं । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ ।

प्रकाशित : २०७६ भाद्र ३०, सोमबार ०६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ