Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सर्लाहीमा कालोपत्रेको माग गर्दै चक्काजाम

टुडे खोज लेखक टुडे खोज
अशोज ३, २०७६, ७:३४ AM
0
सर्लाहीमा कालोपत्रेको माग गर्दै चक्काजाम

सर्लाही, ३ असोज । असार अन्तिम साता भएको अविरल वर्षामा पूर्व–पश्चिम राजमार्ग भत्किएर क्षतविक्षत भए पनि कालोपत्रे नगरेको भन्दै सर्लाहीको नयाँ रोडबासीले विरोध गर्दै बिहीबार चक्काजाम गरेका छन् । कालोपत्रे नहुँदा प्रत्येक दिन धुलो खानुपरेकाले राजमार्गमा चक्काजाम गर्नु पर्ने बाध्यता आइलागेको स्थानीयको भनाइ छ ।

चौबीसै घण्टा व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाडल भएको महिनौं बितिसक्दा समेत सम्बन्धित निकायले कालोपत्रे गर्ने काममा तदारुकता नदेखाएकाले चक्काजाम गर्नुपरेको स्थानीयको भनाइ छ ।

‘सडक क्षतविक्षत भएकाले घाम लाग्दा सयौं सवारी साधनले उडाउने धुलोले हैरान छौं, दुर्घटनाको सम्भावना पनि उतिकै छ,’ नयाँरोड बजारस्थित पूर्व–पश्चिम राजमार्ग किनारमै किराना पसल राखेका स्थानीय रामहरि प्रसार्इंले भने, ‘पानी परेपछि भत्केको ठाउँमा पोखरी बन्छ, अहिलेसम्म ठूलो दुर्घटना टर्दै आएको छ, ठुलो दुर्घटना नहोस् भन्नका लागि पनि हामीले चक्काजाम गरेका हौं ।’ पानी परेका बेला खाडल नदेखिने भएकाले दैनिक आधा दर्जन साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रसाईंले जानकारी दिए ।

सडकको दुरावस्था देखेर चक्काजाममा परेका यात्रुले समेत चक्काजामको स्वागत गरेका थिए । बिहीबार बिहान पहिलो दिन आधाघण्टा मात्र चक्काजाम गरिएको र अब सडक मर्मत सम्भार नहुञ्जेल दैनिक आधाघण्टाको दरले बढाउँदै चक्काजाम गरिने नयाँरोडबासीको चेतावनी थियो । पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका स–साना खाल्डाखुल्डी केही महिनाअघि मर्मत गरिए पनि ठूला–ठूला खाडल सहित क्षतविक्षत नयाँरोड बजारस्थित झन्डै १०० मिटर क्षेत्र भने मर्मत गरिएको छैन ।

राजमार्गमै बनेको खाल्डाखुल्डीका कारण साना सवारी साधन दिनहुँ दुर्घटनामा परिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । खाल्डाखुल्डीकै कारण रातको समयमा दुर्घटनाको जोखिम बढी हुने ट्राफिक प्रहरीको भनाइ छ ।

राजमार्गमा बनेको खाल्डो पुरेर कालोपत्रेका लागि टेन्डरको सूचना प्रकाशित भइसकेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले बताए । उनले केही समयपछि ठेकेदारमार्फत राजमार्गमा कालोपत्रे गरिने जानकारी दिए । डिभिजन सडक कार्यालयले स्थानीयकै कारण पूर्व–पश्चिम राजमार्गस्थित नयाँरोडमा कालोपत्रे भत्किएको जनाएको छ ।

‘राजमार्गको अन्य स्थानमा कालोपत्रे भत्किएको छैन, स्थानीयले पनि ल्याएर फालिदिन्छन्, जसले गर्दा त्यहाँको कालोपत्रे अन्य स्थानमा भन्दा चाँडो भत्केको छ,’ उनले भने, ‘असार अन्तिम साताको वर्षाले पनि थप क्षति पुगेको छ ।’ कालोपत्रे गर्नका लागि ठेक्कै प्रकृयामा जानु पर्ने भएकाले साउनमा ग्राभेल हालेर तत्कालका लागि खाडल पुरिएको दारोगा प्रसादले बताए । उनले चाँडै नै राजमार्गमा बनेको खाल्डोमा कालोपत्रे हुने जानकारी दिए ।-कान्तिपुर दैनिकबाट


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध