जनकपुरधाम,४ असोज । आज शनिवार एलाइन्स युथ क्लबद्वारा चिल्ड्रेन पार्कमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।
एलान्स युथ क्लबको स-सचिव प्रिया मिश्राको अध्यक्षता , जनकपुर उपमहानगरपालिका वार्ड न.४ का वार्ड अध्यक्ष सुदर्शन सिंहको प्रमुख अतिथिव्य , समाजसेबी रुन झा, जिल्ला वन कार्यालयका पदाधिकारी अशोक झा , विद्यार्थी नेता रोशन मिश्रा र आदर्श बाल कल्व्को अध्यक्ष प्रियंका मिश्रा तथा एलान्स युथ क्लबको सम्पुर्ण पदाधिकारीहरु उपस्थितमा जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका -४ स्थित चिल्ड्रेन पार्कमा सरसफाइ तथा वृक्षारोपण गरिएको क्लबका सदस्य राहुल यादवले बताए ।
पार्कको सफाईमा जुटेका जनकपुरका एलाइन्स युथ क्लबको युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरधाममै स्मार्ट पार्कको स्वरुप दिने जनाइएको छ ।


