जनकपुरधाम, ६ असोज । एलाइन्स युथ क्लबले आइतबारबाट बाल उद्यानमा चित्रकलाको कार्य सुरु गरेको छ ।
जनकपुर उपमहानगरपालिका-४ स्थित चिल्ड्रेन पार्कमा पेन्टिङको काम सुरु भएको छ ।
चिल्ड्रेन पार्कमा साप्ताहिक रुपमा सरसफाइ गर्दै आएको एलाइन्स युथ क्लबले स्मार्ट पार्क बनाउनको लागि पेन्टिङको काम समेत सुरु गरेको जनकपुर उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष सुदर्शन सिंहले जनाकारी दिनुभयो।
पार्कको सफाईमा जुटेका जनकपुरका एलाइन्स युथ क्लबको युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरमै स्मार्ट पार्कको स्वरुप दिने क्लबका सदस्य राहुल यादवले बताए ।

