जनकपुरधाम, ९ असोज । ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नता देखिएपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ ।
अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरिएको उपप्रबन्धक दिर्घ अर्यालले पुष्टि गरे । उनका अनुसार कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको छ ।
बैंकका उपप्रबन्धक अर्यालले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको जानकारी दिए । चोरिएको सवै रकम शाखाको ब्याज आम्दानी भएको उनको भनाई छ ।
बैंकका कर्मचारीसँग मिलेर रुपैया चोरी गरेको आरोपमा अहिले १२ जनालाई प्रहरीले पक्रेर कारबाही अगाडी बढाएको छ ।