सर्लाहीमा जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी


सर्लाही, १५ असोज । जंगली च्याउ पकाएर खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगञ्जमा एकै परिवारका ७ जना बिरामी परेका छन् ।

मंगलबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएका शंकरगञ्ज गाउँका ६० वर्षका राजन सिंह दनुवार, उहाँकी श्रीमती वर्ष ३५ की चन्दा सिंह दनुवार, छोराहरु २७ वर्षका राकेश सिंह दनुवार, २५ वर्षका राजेश सिंह दनुवार, छोरी वर्ष १५ की पुनिताकुमारी सिंह दनुवार, भाइ ३७ वर्षका रमेश सिंह दनुवार, उहाँकी छोरी १० की सोनीकुमारी सिंह दनुवार र छोरा ८ वर्षीय जेयान सिंह दनुवार बिरामी परेका हुन् ।

उनीहरुको अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार गरी थप उपचारको लगि राति नै जनकपुर पठाएको छ । जंगली च्याउ खाएपछि उनीहरुलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने भएको थियो । तीन दिन अघि पनि त्यही गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका थिए ।

प्रकाशित : २०७६ आश्विन १५, बुधबार ०६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ