सप्तरीमा छोरा र श्रीमतीकै कुटाइबाट एक जनाको ज्यान गयो


राजविराज, २० असोज । सप्तरीमा छोरा र श्रीमतीको कुटाइबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा महादेवा गाउँपालिका ३ पकरीका ६२ वर्षीय मोहम्मद गफुर पमरिया रहेको प्रहरीले जनाए ।

पारिवारिक विवादको क्रममा कुटपिट हुँदा गफुरको ज्यान गएको हो । अत्याधिक मदिरा सेवन गरी घर प्रवेश गरेका २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम र ५० वर्षीया श्रीमती जुमली खातुनको कुटाइबाट पमरियाको मृत्यु भएको बताइएको छ ।

कुटपिटबाट घाइते भएका पमरीयाको उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटैमै मृत्यु भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रकाशित : २०७६ आश्विन २०, सोमबार १३:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ