Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुरमा जेठानीद्वारा देवरानीको हत्या, आफैं पनि आत्महत्याको प्रयास

टुडे खोज लेखक टुडे खोज
अशोज २१, २०७६, २:५८ PM
0
जनकपुरमा जेठानीद्वारा देवरानीको हत्या, आफैं पनि आत्महत्याको प्रयास

जनकपुरधाम, २१ असोज । प्रदेश २ को धनुषा जिल्लामा जेठानीले आफ्नै देवरानीको हत्या गरेर आफैं पनि आत्महत्याको प्रयास गरेकी छिन् ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ झिटकोहियाका अहमद राइनकी श्रीमती २५ बर्षकी सहानी खातुनलाई उनकै जेठानी सनोवल खातुनले सोमवार बेलुका साढे ६ बजे धारिलो हतियार चाकु प्रहार गरेर हत्या गरेकी हुन् । र, हत्या गरे पछि घरका मानिसले किन हत्या गरेको भने पछि आफैं पनि आत्महत्या प्रयास गरेका छन् ।

सनोवलका श्रीमान जिब्राहीन राइन भने बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सनोवलले धारिलो हतियार आफ्नै देवरानी सहानीलाई चार ठाउँमा प्रहार गरेर गम्भीर घाइते बनाएकी थिइन् । पेट, कोख सहित चार ठाउँमा प्रहार गरेर घाईते बनाएकी सहानालाई उपचार गराउन ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको थियो ।

‘त्यसै गरी चक्कु प्रहार गर्ने सनोवलले आफैं पनि पेटमा छुरा घोपेर आत्म हत्याको प्रयास गरेकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘उनका घर परिवारका सदस्यले मृतक र घाइते दुवैलाई जनकपुरको निजि काव्या अस्पतालमा भर्ना गरेर सबै जना सम्पर्क बिहिन बनेका छन् ।’

घाईते सोनवलको अहिले प्रहरी निगरानीमा सरकारी अस्पताल जनकपुर अञ्चल अस्पतालको सघन कक्षमा उपचार भई रहेको छ भने मृतकको पोष्टमार्टमका लागि शब जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

घटनामा जेठानीको मात्रै हात हो वा अन्य पारिवारिक सदस्य समेतको संलग्नता छ भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक सहानीका श्रीमान अहमदलाई अहिले नियन्त्रणमा लिइएको डिएसपी कार्कीले पुष्टी गरेका छन् ।

  • अजय अनुरागी/ लोकान्तर

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध