सप्तरीमा बुवाको हत्या गरेका आमा–छोरा प्रहरी फन्दामा


राजविराज, २२ असोज । बुवाको हत्या गरेको अभियोगमा सप्तरीमा छोरा–आमा नै प्रहरी फन्दामा परेका छन् ।

सप्तरीको महादेवा गाउँपालिका १ पकरीका २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएकोक छ । नहिमले आमा जमुनीसँग मिलेर बुवा ६२ वर्षीय मो गफुर पमरियालाई कुटपिट गरी ज्यानै लिएको थियो ।

स्रोतका अनुसार नहिम मदिरा खाएर नशामा आमासँग मिलेर गत आइतवार राति बुवा गफुरको हत्या गरेको थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार रहेको अवस्था प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको छ ।

पक्राउ परेका छोरा नहिम र आमा जमुनीमाथि आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन २२, बुधबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ